
७ पुस, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय सदस्य पद प्रदेश २ का दुई जना नेताले अस्वीकार गरेका छन् । नेकपाका प्रदेश कमिटी सदस्य सुन्दर विश्वकर्मा र कमलेश झाले पद अस्वीकार गरेका हुन् ।
प्रदेश सभा सदस्य समेत रहेका विश्वकर्मा नेकपा प्रदेश २ संसदीय दलका सचेतक पनि हुन् । वामगठबन्धनबाट टिकट पाएका उनी बारा क्षेत्र नम्बर ४ को (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दैै विश्वकर्माले केन्द्रीय सदस्य पद अस्वीकार गरेको घोषणा गरेका छन् । नेकपाको बारा जिल्ला कमिटी सचिव समेत रहेका उनले दुरासययुक्त ढंगबाट विभिन्न प्रचार गरिएको आरोप लगाएका छन् ।
केन्द्रीय सदस्यको पद अस्वीकार गर्ने झा नेकपा सर्मथित मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश कमिटी अध्यक्ष हुन् । विद्यमान जिम्मेवारीमै रहने बताउँदै उनले प्रेस विज्ञप्तिमार्फत दुरासययुक्त निर्णय र प्रचारको खण्डन गरेका छन् ।
प्रतिक्रिया 4