Comments Add Comment

इथियोपिया नरसंहार : हतियारधारीद्वारा एक सयभन्दा धेरैको हत्या

Photo Credit : AFP

९ पुस, काठमाडौं । इथियोपियाको पश्चिमी बेनिसांगुल–गुमुज प्रान्तमा हतियारधारीले एक सयभन्दा धेरै मानिसको हत्या गरेका छन् । इथियोपियाको मानव अधिकार आयोगले दिएको जानकारीअनुसार बुधबार उक्त प्रान्तको मेटेकेल क्षेत्रमा रहेको बुलेनस्थित बेकोजी गाउँमा हतियारधारीहरुले आक्रमण गरेका हुन् । उक्त क्षेत्रमा धेरै धर्म मान्ने मानिसहरुको बसोबास छ ।

अफ्रिकाको दोस्रो सबैभन्दा धेरै जनसंख्या रहेको यो मुलुकमा सन् प्रधानमन्त्री अबिय अहमदले ल्याएको नीतिको कारण पछिल्लो समय हिंसात्मक घटनाहरु बढ्दै गएका छन् ।

इथियोपियाको उत्तर टिग्रे प्रान्तमा सरकारी सेनाको स्थानीय विद्रोहीसँग युद्ध चलिरहेको छ । टिग्रेका विद्रोहीसँगको युद्धको कारण यहाँका नौ लाख ५० हजार मानिसहरु विस्थापित भइसकेका छन् ।

बुलेनका स्थानीय किसानले दिएको जानकारीअनुसार बुधबारको घटनामा ८२ जनाको शव घरनजिकैको खेतमा फेला परेको थियो । अन्य विभिन्न स्थानहरुबाट थप २० जनाको शव फेला परेको थियो । स्थानीयका अनुसार उनले घरभित्रैबाट उनले गोलीको आवाज र मानिसहरु चिच्याएको सुनेका थिए । स्थानीय एक चिकित्सकका अनुसार घटनापछि ३८ जना घाइतेहरु उनीकहाँ उपचारको लागि आएका थिए । जसमध्ये अधिकांशलाई गोली लागेको थियो । चिकित्सकका अनुसार आक्रमणकारीहरुले धेरै मानिसहरुलाई चक्कु प्रहरी गरी हत्या गरेका थिए भने मानिसहरुको घर पनि जलाइदिएका थिए ।

इथियोपियाका प्रधानमन्त्री अहमदले यो घटना इथियोपियामा विभाजन ल्याउने उद्देश्यका साथ गरिएको आरोप लगाएका छन् । उनले यो उद्देश्य कहिले पनि पुरा हुन नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment