Comments Add Comment

सी डिभिजन लिग चैत १ गतेदेखि

९ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले २०७६ सालको शहीद स्मारक सी डिभिजन लिग २०७७ चैतमा गर्ने भएको छ । एन्फाले मार्च १४ अर्थात चैत १ देखि सी डिभिजन लिग गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीले गर्दा एन्फाले बी डिभिजन लिग स्थगित गरेको थियो भने सी डिभिजन लिग सुरु हुनै सकेको थियो ।

बिहीबार एन्फाले सी डिभिजन क्लवका प्रतिनिधिहरुसँग छलफल गर्दै चैत १ देखि सी डिभिजन गर्ने निर्णय गरेको हो ।

यस्तै एन्फाले लिगका लागि तयारी खर्च समेत बढाउने भएको छ । हरेक क्लबलाई २ लाख वृद्धि गर्दै तयारीका लागि ९ लाखका दरले दिने एन्फाले जनाएको छ । यस्तै एन्फाले क्लब प्रतिनिधिसँग स्वास्थ्य र ट्रेनिङ प्रोटोकलको बारेमा पनि जानकारी गराएको थियो ।

एन्फाले स्थगित बी डिभिजन लिग फेब्रुअरी २३ बाट फेरि सुरु गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment