Comments Add Comment

नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन ५० किलोमिटरको हुने

९ पुस, काठमाडौं । नेपाल-भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको लम्बाइ ५० किलोमिटर लामो हुने भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त इन्जिनियरिङ टोलीले गरेको विस्तृत इन्जिनियरिङ अध्ययनमा पाइपलाइनको लम्बाई यकीन भएको निगमको १ नम्बर प्रदेशिक कार्यालय बिराटनगरले जनाएको छ ।

पाइपलाइनको १५ किलोमिटर भूभाग नेपालतर्फ र ३५ किलोमिटर भारततर्फ पर्ने डिपो प्रमुख नकुलप्रसाद भण्डारीले बताए । भारतको सिलगुढीदेखि नेपालको झापाको चरआलीसम्म बन्ने पाइपलाइनको रुट गत मंसिर १८ गते तय भएको थियो ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको अध्ययनले सुझाएको तीन विकल्पमध्ये मुख्य राजमार्ग भएरै पेट्रोलियम पाइपलाइन आयोजना अघि बढाउने निश्चित भएको छ ।

बिस्तृत इन्जिनियारिङ सर्भेअनुसार सिलिगुरीबाट पानीट्याङ्कीको दक्षिण भेग हुँदै पाइपलाइन मेची खोला मुनीबाट नेपाल प्रवेश गर्नेछ । त्यसपछि मूख्य राजमार्ग भएरै चारआलीसम्म पाइपलाइन आउने छ ।

पाइपलाइन सडक किनाराको जमिनमा दुई मिटर गहिराईमा बिच्छ्याइने निगमले जनाएको छ । निगमले गरेको प्रस्तावअनुसार पाइपलाइनको भारततर्फको खर्च भारत सरकार र नेपालतर्फको खर्च नेपालले गर्ने भनिएको छ ।

परियोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन सकिएको र प्रतिवेदन बनाउने काम जारी रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

परियोजनाको प्रतिवेदन केही सातामै सरकालाई बुझाइने र जीटूजीमार्फत परियोजना अघि बढ्ने भएकाले सरकारले यसबारे थप निर्णय लिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment