Comments Add Comment

थप ६१३ जनामा कोरोना भाइरस संक्रमण

९ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५१० जनाको परीक्षणमा ३८० जना पुरुष र २३३ जना महिला गरी ६१३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७३९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७३८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । हालसम्‍म मृत्यु हुनेको संख्या १८०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ संक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा ५७, कञ्चनपुरमा ४२, कास्कीमा ४३, रुपन्देहीमा ३७ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment