Comments Add Comment

धादिङमा मेयर कप ब्याडमिन्टन सुरु

९ पुस, धादिङ । धादिङ जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा निलकण्ठ नगरपालिकाको प्रदबर्द्धन तथा नेपाल ब्याडमिन्टन एसोसिएसनको प्राविधिक सहयोगमा धादिङमा प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ सुरु भएको छ ।

८ वटा इभेन्ट समावेश रहेको प्रतियोगिताको उद्घाटन बिहीबार निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढंगानाले गरे । उद्घाटनको अवसरमा खेलाडीको तर्फबाट धादिङका खेलाडी राम चन्द्र गिरी र टेक्निकल अफिसियलको तर्फबाट प्रतियोगिताका रेफ्री उदय अर्यालले सपथ ग्रहण गरेका थिए ।

जिल्ला स्तरको प्रतियोगिता भएपनि २१६ जना खेलाडीले सहभागिता जनाएका छन् र कुल १७६ खेल हुने आयोजकले जनाएको छ ।

खेलाडीको सहभागिता अत्याधिक रहेकोले तीन दिन सञ्चालन गर्ने भनिएको प्रतियोगितामा एक दिन थप समेत गरिएको छ ।

प्रतियोगिताका खेलहरु धादिङबेशीमा रहेको कभर्डहलमा सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा पुरुष एकलको विजेताले नगद ३० हजार र पुरुष युगलको विजेताले ३५ हजार प्राप्त गर्नेछन् ।

यस्तै महिला एकलको विजेताले नगद १२ हजार १९ वर्षमुनी पुरुष एकलले १५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा भेट्रान्स ४५ वर्षमाथी पुरुष युगल, अफिसर्स टिम पुरुष युगल, पालिका अन्तर्गत पुरुष युगल बी र नगरपालिका अन्तर्गत पुरुष युगल सी इभेन्टमा पनि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको लागि नेपाल ब्याडमिन्टन संघले दुई वटा म्याट पठाएको रेफ्री उदय अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment