+
+
Shares

संसद विघटनविरुद्ध प्रचण्ड-माधव नेपाल सडकमा (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ पुष १० गते १३:०९

१० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । यो समूहबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगसम्म पुगेको हो ।

प्रदर्शनअघि नेताहरुले माइतीघरको सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै माइतीघरमा हामी यहाँ छौं भन्दै धर्नामा  बसेका थिए ।

त्यसपछि उनीहरु प्रदर्शन गर्दै कान्तिपथस्थित निर्वाचन आयोग पुगेका थिए । तर जमलमा पुगेपछि निषेधित क्षेत्र भन्दै प्रहरीले प्रदर्शनकारीलाई रोकेको छ । त्यसपछि प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु मात्र आयोग पुगेका छन् ।

  

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?