+
+

१० दिनमै सकियो कार्तिकको ‘धमाका’को सुटिङ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १२:५७

नायक कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘धमाका’को छायांकन १० दिनमा सकिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

केही दिन अगाडि मात्र कार्तिकले चलचित्रको फस्टलुक सार्वजनिक गरेका थिए । यो चलचित्रको छायांकनका लागि ३ सय जनाको यूनिटलाई एउटा होटलमा राखिएको थियो । होटल प्रवेश अगाडि सबै सदस्यको कोभिड परिक्षण पनि गरिएको थियो । होटलबाट बाहिर जाने र बाहिरबाट होटलमा प्रवेश गर्ने अनुमती कसैलाई पनि दिइएको थिएन ।

चलचित्रका निर्देशक राम माधवानीले छायांकन अगाडि नै सबै तयारी पुरा गरेका थिए । यसैले पनि उनका लागि बारम्बार टेक लिनुपर्ने झन्झट नरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

लामो समयसम्मको सुटिङबाट मुक्त हुनका लागि निर्माण टिमले वर्कशपमा ध्यान दिएको थियो । कार्तिकले यो चलचित्रका लागि १४ दिनको समय दिएका थिए । तर, उनले १० दिनमै छायांकन सकेका छन् ।

यो चलचित्र एक आतंकवादी हमलाको वरिपरी घुमेको छ । चलचित्रमा कार्तिक पत्रकारको भूमिकामा छन् । चलचित्रको अधिकांश छायांकन इनडोर गरिएको छ । केही एक्सन दृश्यको छायांकन मात्र आउटडोरमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?