+
+
Shares

तरकारी बजारमा पनि डिजिटल कारोबार, अदुवा किन्दै गभर्नरले गरे थालनी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १४:०९

१० पुस, काठमाडौं । अब सामान्य तरकारी बजारमा तरकारी पनि डिजिटल कारोबारबाट खरिद गर्न पाइने भएको छ । शुक्रबार क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी नक्सालको तरकारी बजारमा यसको सुरुआत भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर यसको सुरुवात गरे । गभर्नर अधिकारीले एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी गरे ।

नक्साल तरकारी बजारमा सानिमा बैंकको सक्रियतामा क्यूआर पेमेन्टको सुरुआत भएको हो । बजार क्षेत्रमा भायनेटले निशुल्क इन्टरनेट समेत उपलब्ध गराएको छ ।

यहाँ तरकारी किन्न नगद बोक्नैपर्ने बाध्यता हटेको छ । गभर्नर अधिकारीले डिजिटल कारोबारलाई बढाउन अब देशैभर क्यासलेस कारोबार लैजाने बताए ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा पनि चाडैं यो व्यवस्था गरिने उनले बताए । पहिलो चरणमा नक्सालमा सुरु भए पनि चाडैं देशभर पुग्ने उनलेे बताए ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको अभियान सफल बनाउन सहयोग गर्ने बताए । सुरक्षित र भरपर्दो भएको कारण पनि डिजिटल कारोबार नै रोज्न उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?