
१० पुस, काठमाडौं । कैलालीबाट चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा डोटी जोरायल गाउँपालिका-४ बस्ने ३१ वर्षीय किरन पुन, डोटी आदर्श गाउँपालिका-५ बस्ने ३५ वर्षीय बीरबहादुर धामी र सोही ठाउँ बस्ने २२ वर्षीय योगेन्द्र धामी रहेका छन् ।
गोदावरी नगरपालिका-२ स्थित मिट पोइण्ट होटलबाट चितुवाको १ थान छाला र २ थान हड्डीसहित पक्राउ परेका किरनको बयानको आधारमा बीर बहादुर र योगेन्द्रलाई समेत प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
बरामद छाला र हड्डी डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4