Comments Add Comment

४ हजारमा झर्‍यो पीसीआर परीक्षण, ६०८ मा संक्रमण

फाइल तस्वीर

१० पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण पत्ता लगाउन गरिने परीक्षण नेपालमा दिनदिनै घट्दै गएको छ । शुक्रबार जम्मा ४ हजार १४२ जनामा पीसीआर परीक्षण गरिएकोमा ६०८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७१ जना पुरुष र २३७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८९२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७०९२ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । हालसम्म मृतक संख्या १८१६ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २१२, ललितपुरमा ४७ र भक्तपुरमा २० जना संक्रमित भेटिएका छन् । रुपन्देही ३५, कैलाली ३३, कास्की र चितवनमा १८÷१८ संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment