Comments Add Comment

गुल्मीमा पहिलोपटक महिला सीडीओ

११ पुस, गुल्मी । गुल्मीमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आएकी छन् । सीडीओे रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर गुल्मी आएकी हुन् ।

११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुऽादेवी शर्मा ३९औं प्रमुख जिल्ला अधिकारी हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि उनको यहाँ सरुवा भएको हो ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेको ५० वर्षे इतिहासमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी -सीडीओे) पाएको हो । २०२७ सालदेखि प्रमुख जिल्ला अधिकारी -सीडीओे) रहेको इतिहासमै महिला भने आएका थिएनन् ।

कार्यभार सम्हालेपछि सीडीओ शर्माले जिल्लास्थित विभिन्न क्रियाशील राजनैतिक दल, पत्रकार, संघसंस्थाहरुका प्रमुखहरुसँग परिचयात्मक कार्यक्रम र जिल्लाको वस्तुस्थितिको बारेमा समेत जानकारी लिएकी छन् ।

पत्रकारहरुसँगको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले आफ्नो मुख्य भूमिका जिल्लावासीको लागि शान्ति सुरक्षा दिनु र अपराध नियन्त्रण गर्नु रहेको बताइन् ।

जिल्लामा शान्ति सुरक्षा र अपराध नियनत्रण भइसकेपछि जनताले न्यायको अनुभुति हुने काम हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित हुने शर्माले बताइन् ।

सरकारी कार्यालयहरुले दिने सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र पारदर्शी बनाउनको लागि सबै कार्यालयहरुसँग समन्वय गरेर अगाडि बढने बताइन् । जिल्लाबाट हुने सेवा प्रवाहलाई नागरिकमैत्री, सेवाग्रही मैत्री तरिकाले प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

सबैसँग मिलेर कानुनको शासनमा बिबेकशिलता र संवेदनशीलतामा रहेर सेवा प्रवाह प्रदान गर्ने शर्माको भनाइ छ । जनमुखी प्रशासन, पारदर्शीता र सुशासनको सिद्धान्तबाट अगाडि बढने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

२०६६ सालबाट सरकारी सेवामा प्रवेश

२०६६ सालमा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेकी सीडीओ शर्मा झण्डै ९ वर्षको अन्तरालमा नेपाल सरकारको सह-सचिव पदमा पुगेकी हुन् । सरकारी सेवामा प्रवेशपछि उनी ६ वर्ष राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव रहेको छ ।

त्यस लगत्तै २०७२ सालमा नेपाल सरकारको उपसचिव भएपश्चात सञ्चार मन्त्रालयमा काम गरेको उनले बताइन् । २०७५ सालमा नेपाल सरकारको सह-सचिवमा नाम निकालेपछि उनले बागमती प्रदेशमा मुख्यमन्त्रीको कार्यालयमा सचिवको रुपमा काम गरेकी थिइन् ।

त्यसपछि १३ महिना महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काम गरिन् । केही समय श्रम मन्त्रालय हुँदै १० महिनासम्म रामेछाप जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर काम गरेपछि उनी गुल्मी सरुवा भएकी हुन् ।

उनको सीडीओको रुपमा गुल्मी दोस्रो कार्यालकाल हो । उनको पुख्र्यौली घर बागलुङ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment