+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भरतपुर अस्पतालमा आँखा उपचार सेवा सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ११ गते ११:२८

११, पुस, चितवन । चितवनको भरतपुर अस्पतालमा आँखा रोग उपचार सेवा सुरु हुने भएको छ ।

अस्पतालका अनुसार यहीँ पुस महिनाभित्र आँखाको उपचार सेवा सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक पर्ने सामाग्रीहरु किन्ने प्रकृया सुरु भैसकेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले जानकारी दिए ।

अस्पतालमा आँखा उपचार सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयले छात्रवृति कोटामा दुईजना चिकित्सकलाई भरतपुर अस्पतालमा पठाइसकेको छ ।

अस्पतालका मेसु डा. तिवारीले सुगर, प्रेसर लगायतका बिरामीको आँखाको सामान्य उपचारमा समेत बाहिर पठाउनुपर्ने भएकोले आँखा सेवा सुरु गर्न लागिएको बताए ।

‘केन्द्रीय अस्पताल भएकाले सबै सेवा अस्पताल भित्र नै हुनुपर्दछ, बाहिर बिरामीलाई पठाउँदा पनि दुःख भएको थियो’ मेसु डा. तिवारीले भने, ‘अहिले साधारण सेवाबाट सुरु गछौं, पछि विशिष्ट सेवा दिन्छौं ।’

भरतपुर अस्पतालकै जमिनमा भरतपुर आँखा अस्पतालले आँखाको उपचार दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?