Comments Add Comment

पाथिभरा मन्दिर नजिकै जङ्गलमा आगलागी

११ पुस, काठमाडौं । ताप्लेजुङको पाथीभरा वन क्षेत्रमा आगलागी भएको छ । पाथिभरा मन्दिरको नजिकैको वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगलागी भएको फावाखोलाको सिम्बु सामुदायिक वन र मन्दिरको दुरी ३/४ किलोमिटर रहेको छ ।

अहिले नेपाली सैनिकसहित सुरक्षाकर्मी र स्थानीयको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

सामुदायिक वन नजिक बस्ती नभए पनि आगोले मन्दिरसम्म भेट्न सक्ने सम्भावना भएकोले मन्दिर जोगाउ लागि परेको प्रहरीले बताएको छ ।

वनमा केही दिनदेखि आगलागी भैरहेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment