Comments Add Comment

काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली

११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा र्‍याली निकालेको छ । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले मोटरसाइकल र्‍याली निकालेको हो ।

बबहरमहलबाट सुरु भएको र्‍याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो ।

र्‍यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनीलगायतका वरिष्ठ नेताहरु सहभागी भएका छन् ।

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment