
११ पुस, जनकपुरधाम । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप गरेको छ । त्यसक्रममा दुई पटक झडप समेत भएको छ ।
रेल्वे स्टेशनबाट निस्किएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि केहीबेर झडप भएको थियो । त्यहाँ प्रहरी पछाडि हटेपछि जुलुस भानुचोक, शिवचोक हुँदै जनक चोक पुग्यो ।
तर कोणसभा चलिरहेका बेला प्रदर्शनकारीमध्येबाट आगो बालिएको मसाल प्रहरीतर्फ फ्याँकेपछि फेरि तनाव भयो । प्रहरीले लाठीचार्ज गर्दा केही सामान्य घाइते समेत भएका छन् ।
जसपा धनुषाका अध्यक्ष पुशपति यादवले भने प्रदर्शनकारीको हातमा लाठी प्रहार गरेपछि मसाल उछिटिएर प्रहरीलाई लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4