Comments Add Comment

चेल्सीमाथि आर्सनलको शानदार जित

१२ पुस, काठमाडौं । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको लण्डन डर्बी खेलमा आर्सनलले चेल्सीमाथि शानदार जित हात पारेको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चेल्सीलाई ३-१ ले पराजित गरेको हो ।

यस सिजन खराब प्रदर्शन गरिरहेको आर्सनललाई लण्डन डर्बी जितले राहत मिलेको छ ।

खेलको ३४औं मिनेटमा अलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा ग्रान्ट जाकाले गोल गरेपछि आर्सनलले पहिलो हाफमै अग्रता दोब्बर बनायो ।

५६औं मिनेटमा बुकायो साकाले गो गरेपछि आर्सनलले ३-० को अग्रता बनायो । ८५औं मिनेटमा टमी अब्राहमले चेल्सीका लागि गोल फर्काए । इन्जुरी टाइममा चेल्सीले पेनाल्टीको अवसर पाएपनि जर्जिन्होको पेनाल्टी प्रहार आर्सनलका गोलकिपर बर्न लेनोले बचाए ।

जितपछि १५ खेलबाट १७ अंक जोड्दै आर्सनल १४औं स्थानमा उक्लेको छ । चेल्सी १५ खेलबाट २५ अंकसहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment