Comments Add Comment

कांग्रेसको प्रदर्शनमा सहभागी हुन प्रकाशमानको अपिल

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि, विधान मिचेर प्रतिनिधिसभा विघटन गरिएको विरोधमा नेपाली कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।

नेपाली कांग्रेसले यही माघ १३ गते सोमबार देशभर विरोध प्रदर्शन गर्दै छ ।

संविधानवाद र लोकतन्त्रको मर्मविपरीत सरकार अघि बढेको भन्दै उनले म नै राज्य हुँ भनेझैं प्रधानमन्त्रीले विधि, विधान मिचेर मनखुशी प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

‘त्यति मात्र होइन एकलौटी चुनाव घोषणा गरेको सरकारले अझ मन्त्रीमण्डल पुनर्गठन गरेको छ,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘संविधान मिच्दै गरिएको संसद विघटन असंवैधानिक छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment