+
+
Shares

प्रदेश १ का कृषि राज्यमन्त्री ओली समूहमा लागे

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १०:५३

१२ पुस, विराटनगर । प्रदेश १ का एकजना राज्यमन्त्रीले आफ्नो कित्ता परिवर्तन गरेका छन् । पुस्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर नेकपाको केपी ओली समूहमा लागेका हुन् ।

आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि प्रचण्ड-नेपाल समूहका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिए पनि राज्यमन्त्री मगरले दिएनन् । मगर पूर्व एमाले हुँदा झलनाथ खनाल निकट नेता हुन् ।

उनले आफूले राजीनामा नदिने र पार्टी परिवर्तन गरेको बताएका छन् । ‘म त हिजो इलाम तिर आएँ,’ मगरले भने, ‘पार्टी नै परिवर्तन भयो । राजीनामा दिन्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?