+
+

जन्मदिनमा सलमानको फ्यानलाई आग्रह–‘घरबाहिर नआइदिनुहोला’

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते ११:४७

नायक सलमान खान आज आफ्नो ५५ औं जन्मदिन मनाउँदैछन् । सन् १९६५ डिसेम्बर २७ तारिखमा जन्मिएका सलमानले यसपटक आफ्नो जन्मदिन फ्यानसँग नमनाउने बताएका छन् ।

जन्मदिनको एक दिन अगाडि उनले फ्यानहरुलाई आफ्नो घर अगाडि नआउन अपिल गरेका हुन् । कोरोना भाइरस महामारीका अझै नसकिएकाले पनि सलमानले फ्यानहरुलाई यस्तो अपिल गरेका हुन् ।

सलमानले लेखेका छन्–‘मेरो जन्मदिनमा फ्यानहरुको माया बर्षौदेखि बलियो रुपमा देखिएको छ । तर, यो बर्ष कोरोना महामारीका कारण मेरो विनम्र अनुरोध छ कि मेरो घर अगाडि नआइदिनुहोला । मास्क लगाउनुहोस् र सामाजिक दुरी राख्नुहोस् । म ग्यालेक्सी अपार्टमेन्टमा छैन ।’

सलमानले यो बर्ष आफ्नो जन्मदिनमा पनवेल फार्महाउसमा मनाइरहेका छन् । आफ्ना परिवार र केही साथीहरुको साथमा उनले केक काटेको तस्वीर सामाजिक संजालमा चर्चामा छ ।

सलमानले जन्मदिनको केक काट्दै मिडियासँग भनेका छन्–‘यो बर्ष म मेरो परिवारसँग मात्र जन्मदिन मनाइरहेको छु । यो भयानक बर्षमा मलाई जन्मदिन मनाउने कुनै रुची छैन । मलाई आशा छ कि, अर्को बर्ष हामी आफ्नो जिन्दगीमा खुशीयाली लिएर फर्किनेछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?