+
+

बुढानीलकण्ठमा ट्याक्टरको ठक्करबाट पैदलयात्रुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १३:३१

१२ पुस, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोट सूर्यगडी नगरपालिका-२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार दिउँसो पासिकोट ओरालोमा ना५त ६२०८ नम्बरको ट्याक्टरले पैदलयात्रु थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि ट्याक्टर अनियन्त्रित हुँदा चालक रामेछाप मन्थल-७ का २५ वर्षीय लबु खड्का पनि घाइते भएका छन् । उनको पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै शनिबार राति धोबी खोलाको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?