Comments Add Comment

ओलीजी, सरकार चलाउन सक्दैनौं भन्नुस्, मधेसी नेता तयार छन् : मन्त्री सोनल

१२ पुस, जनकपुरधाम । प्रदेश २ का  भौतिक पूर्वाधार विकास मन्त्री जितेनेद्र सोनलले बहुमतमा रहेका प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने बताएका छन् ।

जनता समाजवादी पार्टीले जनकपुरधाममा गरेको कार्यक्रममा उनले बहुमतको सरकार चलाउने व्यक्तिले सरकार चलाउन नसके छोड्नुपर्ने तर संसद विघटन गर्न नपाइने धारणा राखे । ‘बहुमतको सरकार बन्न सक्दैन भने तपाईं छाडिदिनुस्’ उनले भने, ‘ओलीज्यू यो सरकार हामी चलाउन सक्दैनौं भन्नुस् मधेसका नेता तयार छन् सरकारको नेतृत्व गर्न’ उनले भने ।

आफूहरु लोकतान्त्रिक मूल्य मान्यताको आधारमा, संघीय लोकतान्त्रिक गणतन्त्रको मान्यताको आधारमा देशका जनताको समृद्धिको मूल एजेन्डा बनाएर सरकार चलाउन तयार रहेको उनले बताए ।

नेपाली जनताको करबाट बनेको सरकारको कुर्ची भाँच्ने काम प्रधानमन्त्री ओलीले गरेको भन्दै उनले जनताको लोकतान्त्रिक मूल्य मान्यतालाई भंग गर्दै सयौं शहीदको आत्मालाई ठेस पुर्‍याएकाले आफूहरु आन्दोलनमा उत्रिएको मन्त्री सोनलले बताए ।

उनले संघीयतालाई समाप्त पार्नकै लागि केपी ओलीले संसद विघटन गरेको पनि आरोप लगाए । ‘संघीयताको मामिलामा ओलीको नियत सफा छैन’ मन्त्री सोनलले भने, ‘ओलीले संघीयता नमानेको कुरा विगतमा पनि भनेका छन् । अहिले पनि भनेका छन् । आन्दोलनको समयमा उनले बयलगाढा चढेर अमेरिका पुग्न सकिदैन भनेका थिए भने आज पनि संघीयता मैले चाहेको होइन भनेकै हुन् ।’

मन्त्री सोनलले ओलीले संघीयतालाई अनवान्टेड बेबी भनेको भन्दै अघि भने, ‘मधेशी, जनजाति आदिवासी, थारु, दलित आन्दोलनको बलमा आएको संघीयातलाई हामी समाप्त हुन दिन्नौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment