Comments Add Comment

संसद विघटनको विरोधमा प्रदेश २ मा जसपाको प्रदर्शन

१२ पुस, जनकपुरधाम । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले  प्रदेश २ मा प्रदर्शन गरेको छ ।

प्रदेशको अस्थायी राजधानी धनुषा सदरमुकाम जनकपुरधामसहित आठै जिल्ला सदरमुकाममा प्रदर्शन गरिएको छ । प्रदर्शनमा प्रदेशका मन्त्रीदेखि प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिसम्मले सहभागिता जनाएका छन् ।

जनकपुरधाममा भएको प्रदर्शनमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, विघटित प्रतिनिधिसभाका सांसद प्रमोद साह, प्रदेश सांसद परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहसहितकाले सहभागिता जनाएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा भएको प्रदर्शनमा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, जसपा नेतृ रेणु यादवसहितकाले सहभागिता जनाएका थिए ।

सिराहा सदरमुकाम सिराहा, महोत्तरी सदरमुकाम जलेश्वर, सर्लाही सदरमुकाम मलंगवा, रौतहट सदरमुकाम गौर, बारा सदरमुकाम कलैया र पर्सा सदरमुकाम वीरगञ्जमा पनि जसपाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment