+
+
Shares

लिभोन ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ लकी ड्रको अन्तिम विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १९:५५

लिभोन नेपालले डिपार्टमेन्ट स्टोर भाटभटेनीसँगको सहकार्यमा ‘सिल्की हेयर एण्ड स्मूथ राइड’उपभोक्ता योजना संचालन गर्दै आइरहेको थियो । योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनको स्याम्पू अथवा कन्डिसनरहरु खरीद गर्ने ग्राहकहरुमध्ये एक भाग्यशाली ग्राहकले प्रत्येक महिना यामाहा फसिनो १२५ एफाई स्कूटी उपहार पाउँदै आएका थिए ।

लिभोनका अनुसार ५ महिनासम्म चलाएको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ अभियानको अवधिभरि निकै धेरै उत्साहाजनक सहभागिता भएको थियो । लिभोनका उपभोक्ताहरूले पनि यस योजनामा​​ ठूलो चासो देखाएका थिए ।

आफ्नो अन्तिम विजेता सहित लिभोनले यस प्रतियोगिताको माध्यमबाट कुल ४ यामाहा फासिनो १२५एफआई स्कूटरहरू प्रदान गरिसकेको छ । लिभोनले आफ्नो अभियान साझेदारहरु- भटभटेनी सुपरमार्केट र यामाहा नेपालबाट पनि अधिकतम समर्थन प्राप्त गरेको छ ।

१० पुसमा कलंकी भटभटेनीमा आयोजित अन्तिम विजेता घोषणा समारोहमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठउपस्थित थिइन् । सो कार्यक्रममा उपस्थित दर्शक तथा ग्राहकहरुमाझ श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अँकित कुपनहरु मध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरिन् । जस अनुसार काठमाडौं निवासी कुपन नं ९५२० की सुजिता थापा मगर ‘सिल्की हेयर एण्ड स्मूथ राइड’शृँखलाको अन्तिम विजेता बनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?