Comments Add Comment

सप्तरीमा काेराेना संक्रमित पुरुषको मृत्यु

१२ पुस, जनकपुरधाम । सप्तरीमा थप एक जना कोरोना सन्क्रमितको मृत्यु भएको छ ।

जिल्लाको तिरहुत गाउँपालिका- ४ घर भई हनुमाननगर कंकालिनी नगरपालिका- ३ बस्दै आएका ६३ बर्षका पुरुषको कोरोना संक्रमण पुष्टि भएर मृत्युु भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिरामी भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराउन आउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अवस्था जटिल भएपछि थप उपचारका लागि धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा त्यही मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक बिजय झाले जानकारी दिए ।

उनकाे गत पुस १० गते नै मृत्यु भएपनि जानकारी आइतबार आएकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment