+
+
Shares

देउवाले खोजे महामन्त्री कोइरालाको साथ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १९:१५

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे महामन्त्री शशांक कोइरालासँग छलफल गरेका छन् ।

संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्नु अघिल्लो दिन देउवाले आफ्नो कोर टिमसहित कोइरालासँग छलफल गरेका हुन् । देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल पनि सहभागी थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसद विघटन असंवैधानिक भएकाले संसद पुनर्स्थापनाका लागि सडक आन्दोलन गर्नुपर्नेमा जोड दिएको छ । तर सभापति देउवा र उनी निकट नेताहरुले भने यो विषय सर्वोच्च अदालतमा विचाराधीन भएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा चर्काउन चाहेको छैन ।

त्यही कारण देउवामाथि पार्टीभित्रैबाट संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानधान्त्री केपी शर्मा ओलीलाई सघाउन खोजेको आरोप लागेको छ । विवादास्पद अध्यादे ल्याएर संवैधानिक निकायहरुमा गरिएको नियुक्ति सिफारिसलाई लिएर पनि सभापति देउवामाथि आशंका गर्ने गरिएको छ ।

स्रोतका अनुसार पार्टीको यो विवादमा देउवाले महामन्त्री कोइरालाको साथ खोजेका छन् । तर महामन्त्री कोइरालाले यसबारे ठोस जवाफ नदिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?