Comments Add Comment

आयात घटे पनि आयल निगमले एक वर्षमा कमायो १२ अर्ब ८७ करोड

१३ पुस, काठमाडौं । लकडाउनका कारण इन्धन आयात घटे पनि नेपाल आयल निगमले चालु आर्थिक वर्षमा झण्डै १३ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष निगमको नाफा ८ अर्ब ७५ करोड थियो ।

निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण विवरणअनुसार १२ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन भएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

आर्थिक वर्ष ७६/७७ मा दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कम हो ।

पाइपलाइनबाट ठूलो मात्रामा पेट्रोलियम आयात हु्रदा ढुवानी खर्च घट्नु, अघिल्ला वर्षको नाफाबाट भएको ब्याज आम्दानी र निगममा आन्तरिक सुधारको काम हु्रदा नाफा बढेको पौडेलले बताए ।

लेखा परिक्षण विवरणअनुसार पाइपलाइनबाट पेट्रोलियम ढुवानी गर्दा मात्रै १० महिनामा निगमलाई एक अर्ब ४७ करोड रुपैयाँ नाफा भएको छ । यस्तै ब्याज आम्दानीबाट एक अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमको लेखा परीक्षण रिपोर्टमा उल्लेख छ ।

यस अवधिमा निगमले सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजश्व बुझाएको जनाएको छ । सडक मर्मत शुल्कको रुपमा उपभोक्ताबाट उठाएको रकम ५ वर्षमा ४ अर्ब ९९ करोड पुगेको छ । प्रदुषण करबाट २ अर्ब ९४ करोड रकम जम्मा भएको निगमको लेखा परिक्षणमा देखिएको छ ।

पूर्वाधार विकास करबाट हालसम्म १३ अर्ब ९८ करोड रुपैयाँ जम्मा भएको पनि निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment