Comments Add Comment

विश्वले कहिले पाउँछ चीनको कोरोना खोप ?

१३ पुस, काठमाडौं । धेरै मुलुकले कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु गरिसकेका छन् ।

यस अगाडि नै धनी मुलुकहरुले धेरै कोरोना खोप खरिद गरिसकेकाले विश्वका निम्न आय भएका मुलुकमा भने पर्याप्त मात्रामा खोप उपलब्ध हुने सम्भावना कम हु्रदै गएको छ ।

यस्तो अवस्थामा चिनियाँ कम्पनीले निर्माण गरेको खोप महामारी नियन्त्रणको लागि महत्वपूर्ण बन्न सक्छ ।

तर, यतिबेलाको यक्ष प्रश्न हो- के चिनियाँ खोपले साँच्चै काम गर्छ ? यसको अर्थ चिनियाँ खोपले कामै गर्दैन भन्ने पक्कै होइन । चीनमा निर्माण भएको खोप यस अगाडि नै त्यहा्रका धेरै मानिसले लगाइसकेका छन् । तर यस अगाडि चीनमा निर्माण भएको खोपको सम्बन्धमा पारदर्शिता सम्बन्धी केही प्रश्न उठेका छन् ।

अहिले पनि चिनियाँ खोपको अन्तिम चरणको क्लिनिकल परीक्षणको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर, चीनले आफ्नो मुलुकमा १० लाखभन्दा धेरै मानिसलाई कोरोना खोप दिइसकिएको दाबी गरेको छ । यसले चिनियाँ खोपमाथिको आशंका अझै बढाउन सहयोग गरेको छ ।

विश्वका सम्पन्न मुलुकहरुले यसअघि नै नौ अर्ब डोज खोप किनिसकेका छन् । जबकी पश्चिमा खोप निर्माताहरुले १२ अर्ब डोज खोप उत्पादन गर्न सक्ने अपेक्षा छ ।

विश्वभर समानरुपमा कोरोना खोप पुर्‍याउने लक्ष्यका साथ अघि सारिएको खोप कार्यक्रम कोभ्याक्सले दुई अर्ब डोज खोप वितरणको योजना बनाएको छ । तर, कोभ्याक्स कार्यक्रमका लागि पनि पर्याप्त खोप भने छैन । त्यसैले अहिलेसम्म खोप खरिदको सम्झौता नगरेका मुलुकको आशा चिनियाँ खोप बन्न सक्छ ।

चीनमा ६ खोपहरु अन्तिम चरणको क्लिनिकल परीक्षणमा पुगेका छन् । त्यस्तै चीन ठूलो मात्रामा खोप उत्पादन गर्न सक्ने मुलुकमध्येको एक हो ।

चीनले आगामी वर्ष एक अर्ब डोज कोरोना खोप उत्पादन गरिने बताएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ खोपले महामारी नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

अन्य मुलुकहरुमा लाखौं मानिसहरु खोपको पर्खाइमा रहेकाले चीनलाई आफ्नो गुमेको साख फर्काउने तथा विश्वको वैज्ञानिक क्षेत्रमा एक महत्वपूर्ण मुलुकको छवि बनाउने मौका छ ।

चीनको यसअघिको खोप काण्डको कारण खोपबारे चीनका मानिसहरुमा नराम्रो छाप परेको छ ।

साथै, उत्पादन तथा आपूर्तिमा हुन सक्ने समस्याको कारण चिनियाँ खोप धेरै मानिसहरुको ज्यान बचाउने अस्त्र हुन सक्नेमा भने आशंका कायमै छ ।

‘अहिलेको प्रश्न चीनले कसरी विश्वसनीयरुपमा खोपको डेलिभरी गर्न सक्छ भन्ने हो’, बेलायतको केन्ट युनिभर्सिटीकी प्राध्यापक जोय चाङ भन्छिन् ।

चीनको वैज्ञानिक विवरणहरुमा अपारदर्शी स्वभाव र खोप वितरणको विवादित इतिहास उसको लागि टाउको दुखाइको विषय बन्ने चाङको भनाइ छ ।

गत साता बहराइन यूएईपछि चिनियाँ कोरोना खोपलाई अनुमति दिने दोस्रो मुलुक बनेको थियो ।

मोरोक्कोले चिनियाँ खोपबाट कोरोना खोप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ भने टर्की, इन्डोनेसिया र ब्राजिलमा चिनियाँ खोप अनुमतिको पर्खाइमा छ ।
साथै, चिनियाँ खोपको परीक्षण रुस, इजिप्ट र मेक्सिकोलगायत एक दर्जनभन्दा धेरै मुलुकमा चलिरहेको छ।

केही मुलुकहरुमा चिनियाँ खोपलाई आशंकाको रुपमा हेरिएको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले चिनियाँ कम्पनी सिनोभ्याकको कोरोना खोपबारे बारम्बार आशंका जनाउँ

दै आएका छन् ।

चीनको खोप विकास

त्यसो त चिनियाँ खोपको क्षमताबारे धेरै विशेषज्ञले भने प्रशंसा गर्दै आएका छन् । युनिभर्सिटी अफ सिड्नीका जेमी टि्रकास भन्छन्, ‘अध्ययनका अनुसार चिनियाँ खोप निकै राम्रो देखिन्छ ।’

चीनले आफ्नो खोप कार्यक्रम एक दशकभन्दा लामो समयदेखि अघि बढाउँदै आएको छ ।

चीनले आफ्ना नागरिकहरुको लागि दादुरा र हेपाटाइटिसजस्ता रोगको सफल खोप बनाइसकेको युनिभर्सिटी अफ हङकङका प्राध्यापक जिङ डोङ यान बताउँछन् । त्यसैले यी रोगहरु चीनमा ठूलो संख्यामा नफैलिएको यानको भनाइ छ । ‘यसको अर्थ ती खोपहरु सुरक्षित र प्रभावकारी थिए’, उनले थपे ।

चीनले पछिल्लो दशकमा आफ्नो उत्पादन गुणस्तरमा सुधारको लागि गेट्स फाउण्डेसन र अन्य संस्थाहरुस्रग पनि मिलेर काम गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले पा्रच चिनियाँ कोरोना बाहेकका खोपलाई प्रिक्वालिफाइड गरेको थियो ।

यसको अर्थ यी खोप अन्य मुलुकहरुमा पनि डब्ल्यूएचओले अन्य मुलुकका लागि खरिद गर्न सक्छ । यी खोपहरु चीनको ठूला खोप निर्माताहरु सिनोभ्याक र सिनोर्फमले निर्माण गरेका थिए ।

चीनका खोप काण्डहरु

यद्यपि सन् २०१८ मा सिनोर्फमको सहायक कम्पनी वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट्स एक खोप काण्डमा मुछिएको थियो ।

सरकारी नियामकहरुले वुहान सहरमा रहेको कम्पनीमा जाँच गर्दा उपकरणमा देखिएको कमजोरीको कारण कम्पनीले प्रभावहीन भ्यागुते रोग (डिप्थेरिया), टिटानस र लहरे खोकीको खोप निर्माण गर्ने गरेको पाइएको थियो । सोही वर्ष चीनको चाङसेङ बायोटेक्नोलोजीले पनि रेबिजको खोपबारे गलत विवरण दिएको थियो ।

सन् २०१६ मा चिनियाँ सञ्चारमाध्यममा बालबालिकाको विभिन्न रोगको २० लाख डोज खोप गलत तरिकाले भण्डारण गरिएको र दुई वर्षसम्म मुलुकभर बिक्री गरिएको समाचार प्रकाशित भएको थियो ।

उक्त काण्डपछि चीनमा खोप लगाउनेको संख्यामा पनि ठूलो गिरावट आएको थियो । चीनले सन् २०१७ देखि २०१९ को बीचमा खोप भण्डारणको नियमन र गलत खोपलाई जरिवानाको पनि कडा व्यवस्था गरेको छ ।

कोरोना खोप

चीनका प्रमुख कोरोना खोप निर्माताले आफ्नो खोपबारे केही वैज्ञानिक नतिजा सार्वजनिक गरेका छन् । तर, अन्तर्राष्ट्रिय विशेषज्ञहरु भने चीनले स्वयंसेवकहरुको छनोट कसरी गर्‍यो र सम्भावित साइड इफेक्टको लागि कसरी ट्र्याकिङ गरियो भन्ने प्रश्न महत्वपूर्ण हुने बताउँछन् ।

चिनियाँ कम्पनी र सरकारले भने यी विवरणहरु सार्वजनिक गरेका छैनन् ।

यो पनि पढ्नुहोस नयाँ कोरोना भाइरस : नेपालमा के होला ?

अहिले पश्चिमा खोप कम्पनीहरुले आफ्नो खोपको प्रभावकारिताको नतिजा सार्वजनिक गरिसकेका छन् । उनीहरु चिनियाँ खोपको परीक्षणको नतिजा कुरिरहेका छन् ।

यूएईको नियामकले सिनोर्फमले विकास गरेको कोरोना खोप ८६ प्रशित प्रभावकारी पाइएको बताएको छ । त्यस्तै गत बिहीबार टर्कीले सिनोभ्याकको कोरोना खोप ९१ दशमलव २५ प्रतिशत प्रभावकारी पाइएको बताएको थियो ।

सिनोर्फमले आफ्नो खोपको प्रभावकारिताबारे कुनै जानकारी दिएको छैन । त्यस्तै सिनोभ्याक र क्यानसिनोले पनि खोपको प्रभावकारिताबारे केही बताएका छैनन् ।

केही मानिसका लागि महामारी निरन्तर बढ्दो क्रममा रहेको अवस्थामा खोपको उत्पत्ति कुन मुलुकमा भएको हो भन्ने कुराले कुनै अर्थ राख्दैन ।

यदि सबै कुरा ठीक छ भने मानिसहरु यो खोप लिन तयार देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment