Comments Add Comment

क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीको उत्कृष्ट खेलाडी

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

युएईको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जिते । उनले यसका लागि लिओनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्होलाई पछि पारे ।

दुबईमा भएको एक अवार्ड कार्यक्रममा रोनाल्डो सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका हुन् । यसबीचमा उनले पाँचपटक च्याम्पियन्स लिग उपाधि जिते । यस्तै म्यानचेष्टर युनाइटेडबाट तीन प्रिमियर लिग, रियल मड्रिडबाट दुई ला लिगा र पोर्चुगलका लागि युरो कप र नेसन्स लिग पनि जितेका छन् ।

‘धन्यवाद सबैलाई जसले मलाई भोट गर्नुभयो । धन्यवाद मेरो परिवार मेरो आमा र दिदीहरु,’ रोनाल्डोले भने, ‘यो एउटा असाधारण उपलब्धि हो । यसले मलाई अगाडि बढ्न प्रेरणा दिन्छ ।’

‘सर्वश्रेष्ठ नाम पाउनु ठूलो सम्मान हो, म आशा गर्छु कि अहिलेको अवस्था अर्को वर्ष सकिनेछ र हामी रमाइलो गर्न सक्दछौं, धेरै धेरै धन्यवाद । म अझै पनि अझ धेरै वर्ष खेल्न सक्षम हुने आशा गर्दछु ।’

यस्तै ग्लोबल सकर अवार्डमा रोवर्ट लेवान्डोस्कीले सन् २०२० को वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते । लेवान्डोस्कीले रोनाल्डो र लिओनल मेसीलाई पछि पारे । बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । बायर्नले क्लब अफ दि इअरको अवार्ड जित्यो ।

स्पेनका दुई खेलाडी गोकिपर इकर कासियास र डिफेण्डर जेरार्ड पिकेले प्लेअर करियर अवार्ड प्राप्त गरे ।

स्पानिस क्लब रियल मड्रिड क्लब अफ दि सेन्चुरी र पेप ग्वार्ढिओला कोच अफ दि सेन्चुरी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment