Comments Add Comment

काठमाडौंमा कहाँ-कहाँ हुँदैछ कांग्रेसको विरोध प्रदर्शन ?

१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुने छ ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँले अनलाइनखबरसँग भने, ‘काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने छ र त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरुले सम्बोधन गर्नु हुन्छ ।’

अध्यक्ष बानियाँका अनुसार काठमाडौंका यी स्थानमा हुनेछन् विरोध प्रदर्शन –

निर्वाचन क्षेत्र नम्बर १- नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि
निर्वाचन क्षेत्र नम्बर २- कोटेश्वर चोक
निर्वाचन क्षेत्र नम्बर ३- जोरपाटी चोक
निर्वाचन क्षेत्र नम्बर ४- नारायणचौर नक्साल
निर्वाचन क्षेत्र नम्बर ५- महाराजगन्ज, नारायणगोपाल चोक
निर्वाचन क्षेत्र नम्बर ६- मनमैजु, लोकतान्त्रिक चोक
निर्वाचन क्षेत्र नम्बर ७- बालाजु चोक
निर्वाचन क्षेत्र नम्बर ८- बसन्तपुर डबली
निर्वाचन क्षेत्र नम्बर ९- कलंकी चोक
निर्वाचन क्षेत्र नम्बर १०- कीर्तिपुर बजार ।

कांग्रेसले काठमाडौंमा रहने सबैलाई आफूलाई पायक पर्ने ठाउँमा उपस्थित भएर सरकारको विरोध प्रदर्शनमा सहभागी भइदिन अपिलसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment