Comments Add Comment

दक्षिण अफ्रिकामा १० लाख नाघे कोरोना संक्रमित

१३ पुस, काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । आइतबार दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जेवेली मखाइजले मुलुकमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको घोषणा गरेका हुन् ।

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ प्रकार (भेरियन्ट) देखिएको केही दिनमा नै कोरोना संक्रमितको संख्या पनि १० लाख नाघेको हो । पछिल्लो केही दिनयता दक्षिण अफ्रिकामा उल्लेख्य मात्रामा कोरोना संक्रमित थपिएका छन् ।

दक्षिण अफ्रिकामा बढ्दो संक्रमण नियन्त्रणको लागि राष्ट्रपति सिरिल रामापोसाले थप प्रतिबन्धका नियम सार्वजनिक गर्ने अपेक्षा छ । गत साता दक्षिण अफ्रिकामा दैनिक ११ हजार कोराना संक्रमित फेला परेका थिए यो संख्या अघिल्लो एक साताको तुलनामा ३९ प्रतिशतको वृद्धि हो । बुधबारदेखि शुक्रबारसम्ममा भने दैनिक नयाँ संक्रमितको संख्या १४ हजार नाघेको छ ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रकारको कोरोनाको कारण संक्रमितको संख्या पनि उल्लेख्य संख्यामा बढेको हो । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ संक्रमण देखिएसँगै दक्षिण अफ्रिकामाथि केही मुलुकहरुले यातामा प्रतिबन्ध लगाएका छन् ।

दक्षिण अफ्रिका, अफ्रिकी महादेशमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो । अहिलेसम्म दक्षिण अफ्रिकामा कोरोनाबाट २६ हजार ७३५ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment