Comments Add Comment

ब्रेन ट्युमरको सामान्य लक्षण

सामान्यतया, ब्रेन ट्यूमर तब हुन्छ, जब मस्तिष्कको कोशिका असामान्य रुपमा बढ्न थाल्छ । कयौ पटक ब्रेन ट्यूमर आणुवंशिक पनि हुनसक्छ । कयौ पटक विकिरण तथा हानीकारण रसायनको सम्पर्कमा आउनाले पनि ब्रेन ट्यूमर हुनसक्छ ।

ब्रेन ट्यूमर भएमा मानिसहरु सोच्ने गर्छन्, यसले दिमागलाई मात्र प्रभावित पार्छ, जबकी सत्यता फरक छ ।

सम्पूर्ण शरीरको कार्यप्रणालीलाई संचालित गर्ने मस्तिष्कमा सानो गडबडी मात्र भएपनि यसले शरीरलाई नै प्रभावित पार्दछ । परिणामस्वरुप, शरीरले राम्ररी काम गर्न सक्दैन ।

बे्रन ट्यूमरको हकमा यसले शरीरलाई गम्भीर प्रकारले हानी नगरेपनि यसको दुष्प्रभावबाट शरीर अछुतो रहन सक्दैन । किनकी जब मस्ष्किमा ट्यूमर पलाउँछ, तब शरीरमा विभिन्न किसिमको बदलाव देखिन थाल्छ ।

ब्रेन ट्यूमरका कारण व्यक्तिको अनुहार वा शरीरको विभिन्न भाग धेरै जसो समय शुन्य हुने गर्छ । अझ, ट्यूमर ब्रेन स्टेममा छ भने यो समस्या अझै धेरै हुने गर्छ । यो त्यही स्थान हो, जहाँ मस्तिष्क मेरुदड्डको हड्डीसँग जोडिएको हुन्छ । र, यो ठाउँमा ट्यूमर भएमा शरीर शून्य हुन्छ, र मानिसले प्यारालाइसिस भएजस्तो महसुस गर्न थाल्छ ।

ब्रेन ट्यूमर भएमा व्यक्तिलाई प्राय चक्कर आउने गर्छ । कयौ पटक चक्करकै कारण मानिस लड्न समेत सक्छ । खासगरी ट्यूमर सेरिबेलममा छ भने यसले शारीरिक सन्तुलनलाई समेत प्रभावित पार्न सक्छ । व्यक्तिलाई कोअर्डिनेश (समन्वय) गर्नमा समस्या हुन्छ । सेरिबेलममा ट्यूमर भएमा व्यक्ति प्रायः लडखडाउने गर्छ । यसकै कारण व्यक्तिलाई हिड्नमा समस्या हुनुका साथै दैनिक कार्य गर्न तथा खानमा पनि समस्या हुने गर्छ । यसबाहेक, यदी ट्यूमर मस्तिष्कको  भेसल गेन्ग्लियामा छ भने शरीरको पोजिशन पनि असामान्य हुन्छ ।

ट्यूमर मस्तिष्कको पछाडीको भाग वा पिट्यूटरी ग्रन्थीको आसपास भएमा यसको सिधा असर आँखामा पर्छ । यसकै कारण व्यक्तिको आँखा धमिलो हुन्छ वा एउटै वस्तु दुईवटा देखिन थाल्छ ।

जो मानिसको मस्तिष्कको ट्यूमर कपाल तन्त्रिकाको नजिक हुन्छ, त्यस्ता व्यक्तिको सुन्ने क्षमता लगभग गमाउँछ । यसबाहेक, उनीहरुलाई शरीर नियन्त्रण गर्नमा समस्या हुनुका साथै अनुहारको मांसपेशी कमजोर हुने, खाना निल्नमा समस्या हुनथाल्छ ।

ब्रेन ट्यूमरले व्यक्तिको सोच्ने तथा सम्झने क्षमतालाई प्रभावित पार्न सक्छ । ब्रेनको कुनै भागमा ट्यूमर भएमा व्यक्तिलाई बोल्नमा मात्र नभएर शब्द बुझ्न समेत समस्या हुनसक्छ । त्यतिमात्र हैन, ब्रेन ट्यूमर मस्तिष्कको अघिल्लो भागमा छ भने यसले व्यक्तिको सोच र व्यक्तित्वलाई समेत विपरीत तरीकाले प्रभावित गर्छ ।

ब्रेन ट्यूमरको प्रभाव शरीरिक र मानसिक स्वास्थ्यमा मात्र नभएर व्यक्तिको स्वभाव पनि पर्न सक्छ । विशेषगरी ,ब्रेन ट्यूमर फ्रन्टल लोबमा पुगेको छ भने व्यक्तिको स्वभावमा परिवर्तन आउन थाल्छ । किनकी यो अवस्थामा व्यक्तिले आफ्नो व्यवहारमा नियन्त्रण गर्न सक्दैन, जसका कारण व्यक्तिमा चिडचिडापन तथा उदासी बढ्न थाल्छ ।

ट्यूमर मस्तिष्कको जुनसुकै भागमा किन नहोस्, यसले टाउकोमा दवाव उत्पन्न गर्छ । जसले गर्दा व्यक्तिलाई बेस्सरी टाउको दुख्नुका साथै वाकवाकी लाग्ने, उल्टी हुने गर्छ  । यसका साथै, अत्याधिक थकाई लाग्ने, शरीर सुस्त हुने, सुत्नमा समस्या हुने गर्छ । यसबाहेक यही दवावका कारण मानिस कोमामा जान सक्छ ।

हुन त ब्रेन ट्युमरमा टाउको दुख्नु सामान्य लक्षणमा पर्दछ । यो समस्या सुरुमा विहानको समस्या धेरै हुने भएपनि पछि पछि यो लगातार हुनथाल्छ । यो समस्या कहिलेकाही यति बेजोड तरीकाले हुन्छ कि मानिसले आफ्नो मानसिक सन्तुलन समेत गुमाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment