 
																						१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम गर्दैछ ।
जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पका लागि भन्दै रास्वपाले संवाद कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम आज दिउँसो एक बजे नेपाल हाउस बालुवाटारमा हुने छ ।
नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सहकार्यका नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल आयोजना गरिएको उपसभापति स्वर्णिम वाग्लेले लेखेको निमन्त्रणमा पत्रमा उल्लेख छ ।
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार यो संवादका तीन प्रमुख उद्देश्य प्रस्तावित छन्-
१. आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ
२. लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि बृहत एकता र सहकार्यको रेखांकन ।
३. उन्नत रुपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यता ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4