+
+
Shares

केपी ओली जंगेको बाटोमा हिँडे : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते २१:३०

१३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको बताएका छन् ।

सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेसँगै ओलीले कलंकको टीका लगाएको उनले बताए ।

त्यसको विरोधमा आफूहरु सडकमा आएको भन्दै प्रचण्डले भने, ‘केपीजीलाई धन्यवाद । तपाईले हामीले जनतामा जाने मुद्दा दिनुभयो । संविधान, संघीयता, गणतन्त्रको पक्षमा लड्ने मुद्धा दिनुभयो । अर्को चुनाव हामी जित्छौं ।’

राजनीतिक रुपमा बाजी जितेपछि भोलिबाट फिल्डमा उत्रिनुपर्ने र केही महिना लाग्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?