Comments Add Comment

संसद विघटनलाई रुसी संसदको बम विस्फोटसँग तुलना

१३ पुस, काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले संसद विघटनलाई रुसी संसदमा भएको बम विस्फोटसँग तुलना गरेका छन् ।

जनसंस्कृतिक महासंघले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा नेता पाण्डेले नेपालमा रुसी संसदको बम विस्फोटको घटना नयाँ रुपमा प्रकट भएको बताए ।

३ अक्टोबर, १९९७ मा रुसको संसदमा बम विस्फोट भयो । विस्फोटमा १९३ जना मारिएका थिए भने ४३३ जना घाइते भएका थिए । ‘त्यहाँ बम विस्फोट गरेर सांसदहरुको हत्या गर्ने र संसद भंग गर्ने काम भयो’ नेता पाण्डेले भने ‘यहाँ व्यक्तिहरु त मारिएनन्, तर २७५ जनाको प्रतिनिधिसभामा केपी ओलीजीले बम ब्लास्ट गरिदिनुभयो र प्रतिनिधिसभा विघटन गरिदिनुभयो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुसी नेता मिखाइल गोर्भाचोभसँग तुलनासमेत गरे । ‘७१ वर्ष पनि कम्युनिस्टहरुका लागि त्यस्तै रहेछ कि जस्तो लाग्छ’ उनले भने, ‘रुसमा ७१ वर्षमा सोभियत संघ र कम्युनिस्ट पार्टीलाई विघटन गर्ने चेष्टा गरियो । त्यसको पात्र गोर्भाचोभ थिए । आज नेपालमा त्यही ७१ वर्षकै समयमा दुई तिहाईको छेउछाउमा पुगेको नेकपालाई अर्काे रुपले त्यही बाटोमा केपी ओलीले लैजान खोज्नु भएको छ ।’

प्रतिगमनतिर लैजान खोज्ने संसद विघटको कदमको सबैले विरोध गर्नुपर्ने नेता पाण्डेले धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment