Comments Add Comment

न्यायाधीशलाई रामचन्द्र पौडेलको आग्रह : संविधान राम्रोसँग पढिदिनुस्

फाइल तस्वीर

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा सोमबार तनुहँमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था आउन सक्ने बताए । उनले भने, ‘यो देशलाई अफगानिस्तान त बनाउन खोजिँदै छैन ?’

त्यसलाई रोक्न अझै एउटा विकल्प अदालत रहेको पौडेलले बताए । उनले भने, ‘सर्वोच्च अदालतका न्यायमूर्तिहरुलाई एउटै अनुरोध गर्न चाहन्छु, संविधानलाई राम्रोसँग पढिदिनुस् । संविधानको अक्षर, भावना र विधिदाताको मनसाय बुझ्नुस् ।’

संविधानको अक्षरमा प्रधानमन्त्रीले यसरी संसद विघटन गर्ने व्यवस्था नै नगरेको उनले बताए । भावना पनि संविधानले अस्थिरता नआओस् भन्ने कल्पना गरेको भन्दै उनले अघि भने, विधि दाता भनेको हामी हौं, संविधान हामीले बनाएका हौं । किन यस्तो संविधान बनायौं भन्दा पटकपटक संंसद भंग हुँदा राजनीतिक अस्थिरता भयो, नेपालले दुःख पायो । अब त्यता नलैजान र राजनीतिक स्थिरता होस् ।’

चुनाव हुँदा त आफूहरुलाई क्षणिक फाइदा हुने तर संसद विघटनले वैधता पाउँदा संविधान र लोकतन्त्र नै जाने भएकाले विरोधमा उत्रिएको नेता पौडेलले बताए ।

उनले संवैधानिक निकायहरुमा भएको विवादास्पद नियुक्ति सिफारिसको विरोध गरे । आफूले गरेका अपराध, भ्रष्टाचार छिपाउन लुकीचोरी गरेर आयोगहरु बनाएको र संसदले अस्वीकार गर्ने भएपछि त्यसलाई नै भंग गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment