Comments Add Comment

मोदीले गरे भारतको पहिलो ‘ड्राइभरलेस’ रेल उद्घाटन

१३ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकको पहिलो ड्राइभरलेस मेट्रो रेलको उद्घाटन गरेका छन् । दिल्लीको जनकपुरी वेस्टदेखि नोएडाको बोटेनिकल गार्डेनसम्मको मेजेन्टा लाइनमा मोदीले ड्राइभरलेस रेलको उद्घाटन गरेका हुन् । भारतले निरन्तर ड्राभरलेस रेलको विस्तार गर्दै जाने बताएको छ ।

सन् २०२१ को मध्यसम्ममा मलसि पार्कदेखि शिवविहारसम्मको पिंक लाइनमा पनि ड्राइभरलेस रेल सञ्चालन गर्ने योजना छ । ड्राइभरलेस रेलको उद्घाटन गरेसँगै मोदीले यो रेलले भारत कति छिटो प्राविधिको क्षेत्रमा अघि बढिरहेको छ भन्ने कुरा देखाएको बताए । मोदीले भारतमा सन् २०१४ मा केवल पाँच सहरमा मेट्रो रेल रहेकोमा अहिले १८ सहरमा मेट्रो रेल सेवा रहेको बताए । उनले सन् २०२५ सम्ममा २५ सहरमा मेट्रो रेल विस्तार गर्ने सरकारको योजना रहेको उनले बताए । ‘यो केवल इँटा र कंक्रिटले बनेको संरचना होइन, मध्यम वर्गको आकांक्षाको प्रतीक पनि हो ।

यो प्रविधि पिंक लाइनमा पनि सुरु भएपछि दिल्लीमा ड्राइभरलेस मेट्रो रेलको सञ्जाल करिब ९४ किलोमिटर हुनेछ । यद्यपि यो दिल्लीको मेट्रो रेलको सञ्जालको तुलनामा नौ प्रतिशत मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment