Comments Add Comment

प्रदेश २ को ३२ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

१३ पुस, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रदेश २ का ३२ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सोमबार प्रदर्शन गरेको छ ।

यसअघि जिल्ला सदरमुकाममा आन्दोलन गरेको कांग्रेसले सोमबार निर्वाचन क्षेत्रस्तरमा प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनपछि आयोजित सभामा कांग्रेस नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको आलोचना गरे । उनीहरुले असंवैधानिक तबरले संसद विघटन गर्दै ओलीले संघीयता समाप्त पार्न खोजेकाले सडकमा आउनुपरेको बताए ।

कहाँ–कहाँ भयो प्रदर्शन ?

सप्तरीमा क्षेत्र नम्बर १ को भारदह, क्षेत्र नम्बर २ को सदरमुकाम राजविराज, क्षेत्र नम्बर ३ को रुपनी गाउँपालिका र क्षेत्र नम्बर ४ को सुरुङ्गा नगरपालिकाको धाती बजारमा प्रदर्शन गरेको छ ।

सिरहामा क्षेत्र नम्बर १ को लहान नगरपालिका, क्षेत्र नम्बर २ को धनगढी नगरपालिका, क्षेत्र नम्ब ३ को सदरमुकाम सिरहा र क्षेत्र नम्बर ४ को मिर्चैया नगरपालिकामा प्रदर्शन गरेको छ ।

धनुषामा क्षेत्र नम्बर १ को धनुषाधाम नगरपालिका, क्षेत्र नम्बर २ को शहीद नगरपालिकाको यदुकोहा, क्षेत्र नम्बर ३ को नगराइन नगरपालिका र क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा प्रदर्शन गरेको छ ।

त्यस्तै महोत्तरीमा क्षेत्र नम्बर १ को बर्दिवास, क्षेत्र नम्बर २ को लोहापट्टी, क्षेत्र नम्बर ३ को सदरमुकाम जलेश्वर र क्षेत्र नम्बर ४ को सम्सी गाउँपालिकामा कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।

सर्लाहीमा क्षेत्र नम्बर १ को बयलबास, क्षेत्र नम्बर २ को सदरमुकाम मलंगवा, क्षेत्र नम्बर ३ को बरहथवा नगरपालिका र क्षेत्र नम्बर ४ को धनकौल गाउँपालिकामा प्रदर्शन गरेको छ ।

रौतहटमा क्षेत्र नम्बर १ मा गौर तथा गंगापिप्रा, क्षेत्र नम्बर २ को राजपुर, क्षेत्र नम्बर ३ को कटहरिया र क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुरमा प्रदर्शन गरिएको छ ।

बारामा क्षेत्र नम्बर १ को हर्नेमा कोल्हबी, क्षेत्र नम्बर २ को बरियारपुर बजार, क्षेत्र नम्बर ३ को सदरमुकाम कलैया र क्षेत्र नम्बर ४ को जितपुर सिमरामा कांग्रेसले प्रदर्शन गरेको छ ।

पर्सामा क्षेत्र नम्बर १ को बीरगंजको घण्टाघर, क्षेत्र नम्बर २ को दकैला बहुअरी, क्षेत्र नम्बर ३ को पोखरिया, क्षेत्र नम्बर ४ को नंगेरीमा प्रदर्शन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment