Comments Add Comment

कांग्रेस केपी ओलीको मतियार बन्दैन : शेखर कोइराला

१३ पुस, विराटनगर । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर संविधानलाई घाइते बनाएको बताउँदै सडकबाटै संसद पुनस्थापना गर्ने बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित विरोधसभामा उनले अहिले नेपाली कांग्रेस ओलीको मतियार नबन्ने पनि बताए । ‘नेपाली कांग्रेस केपी ओलीको मतियार बन्न सरकामा जादैन’ उनले भने, ‘जान पनि हुँदैन ।’

कोइरालाले विगतमा प्रचण्ड र माधवकुमार नेपाल ओलीको मतियार बनेको भन्दै अहिले संसद विघटन हुनुमा उनीहरु पनि जिम्मेवार रहेको टिप्पणी गरे । राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागलाई केपी ओलीले आफू मातहत ल्याउँदा प्रचण्ड–नेपालले मौनता साँधेको पनि उनले बताए ।

नेपाली काग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले अर्को अधिनायकवादको रुपमा केपी ओली देखिएको बताइन् ।

राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीले महामारी सरकार भ्रष्टाचारमा केन्द्रित भएको आरोप लगाए । प्रदेश १ सांसद तथा नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्कीले संविधान ओलीको पाउमा लगेर बुझाउन नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment