Comments Add Comment

दोस्रो टेष्टमा भारतको दबदबा, अस्ट्रेलियालाई २ रनको अग्रता

१३ पुस, काठमाडौं । अस्ट्रेलिया विरुद्धको दोस्रो टेष्टमा पाहुना टोली भरतले ब्याटिङ र बलिङ दुवैमा दबदबा कायम राखेको छ । तेस्रो दिनको खेल समाप्त हुँदा घरेलु टोली अस्ट्रेलियाले जम्मा २ रनको अग्रता बनाएको छ ।

दोस्रो टेष्टको तेस्रो दिनसम्मको खेल सकिँदा अस्ट्रेलियाले दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १३३ रन बनाएको छ । दुई दिनको खेल बाँकी रहँदा अस्ट्रेलिया २ रनले अघि रहेको छ ।

अस्ट्रेलियाका क्यामरुन ग्रिन १७ र प्याट कमिन्स १५ रनमा खेलिरहेका छन् । अस्ट्रेलियाका लागि म्याथु वेडले सर्वाधिक ४० र मार्नुस लाबुसचेले २८ रन बनाए ।

भारतका लागि बलिङमा रवीन्द्र जडेजाले २ तथा जसप्रित बुमराह उमेश यादव मोहम्मद सिराज र रविचन्द्रन आश्विनले समान १ विकेट लिएका छन् ।

त्यसअघि भारतले आफ्नो पहिलो इनिङ्समा ३२६ रन बनाएको थियो । अघिल्लो दिन १०४ रनमा अविजित रहेका कप्तान अजिन्का रहानेले सर्वाधिक ११२ रन बनाए । यस्तै जडेजाले ५७ रन जोडे । २७७/५ बाट दिनको खेल थालेको भारतले थप ४९ रन जोड्दा ५ १ सय १२ रन बनाए भने जडेजाले ५७ रनको योगदान गरे ।

घरेलु टोली अस्ट्रेलियाले भने पहिलो इनिङ्समा १९५ रन बनाएको थियो । चार खेलको बोर्डर गावास्कर सिरिजमा अस्ट्रेलिया १-० ले अगाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment