
१३ पुस, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा अछामका केशरबहादुर साउद नियुक्त भएका छन् ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सदस्यमा बैतडीका मानदेव विष्टलाई नियुक्त गरेको छ । आयोगमा एक जना महिला सदस्य पछि नियुक्त गरिने आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा डोटीको आदर्श गाउँपालिका–५ का हर्क बहादुर सिंहलाई नियुक्त गरेको छ ।
सदस्यमा अछामको साँफेबगर नगरपालिका– ११ का लक्ष्मण खड्का, बाजुराको खप्तड छेडेदह गाउँपालिका– २ का गणेशबहादुर शाही, बझाङको खप्तड छान्ना गाउँपालिका– ४ का मिश्र रोकाया र डोटीको सायल गाउँपालिका– ३ का हरि पाल थापा नियुक्त भएका छन् ।
त्यस्तै डोटीको पूर्वी चौकी गाउँपालिका– ५ कि मनिषा धानुक सदस्य र बाजुराको बुढिनन्दा नगरपालिका–७ का भीम खड्का कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
प्रतिक्रिया 4