Comments Add Comment

एस्टन भिल्लासँग बराबरीमा रोकियो चेल्सी

१४ पुस, काठमाडौं । प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लण्डन क्लब चेल्सी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । पहिले अग्रता लिएर पनि चेल्सीले एस्टन भिल्लासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलको ३४औं मिनेटमा बेन चिलवालको पासमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा चेल्सीले अग्रता कायम राख्यो तर दोस्रो हाफमा एस्टन भिल्लाले गोल फर्कायो । एस्टन भिल्लाका लागि ५०औं मिनेटमा अजवर एल गाजीले बराबरी गोल गरे ।

बराबरीपछि समान २६ अंक जोडेको उस्टन भिल्ला र चेल्सी क्रमश: पाँचौ र छैटौं स्थानमा उक्लेको छ । गोलअन्तरमा एस्टन भिल्ला अघि छ ।

चेल्सीले १६ खेल खेलिसकेको छ भने एस्टन भिल्लाले १४ खेल मात्र खेलेको छ । यस्तै सोमबार राति नै तय भएको एभरटन र म्यानचेष्टर सिटीबीचको खेल भने सिटीको खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएको भन्दै स्थगित भएको छ ।

लिगमा १५ खेलबाट ३२ अंक जोड्दै लिभरपुल शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment