Comments Add Comment

अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्ट जित्न भारतले ७० रन बनाउनुपर्ने

१४ पुस, काठमाडौं । भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट जित्नका लागि ७० रनको सामान्य लक्ष्य पाएको छ । दोस्रो टेष्टमा घरेलु टोली अष्ट्रेलिया २०० रनमा अलआउट भएपछि अष्ट्रेलियाले जम्मा ६९ रनको अग्रता बनायो र भारतले ७० रनको लक्ष्य पाएको हो ।

अष्ट्रेलियाले १३३/६ बाट चौथो दिनको खेलअघि बढाएको थियो । त्यसपछि थप ६७ रन जोड्दै अष्ट्रेलियाले सबै विकेट गुमाएर दोस्रो इनिङ्समा कुल २०० रन बनायो ।

अष्ट्रेलियाका लागि क्यामरुन ग्रीनले सर्वाधिक ४५ रन जोडे । मिचेल स्टार्क १४ रनमा अविजित रहे । चौथो दिन २ विकेट लिएका मोहम्मद सिरिजाले भारतका लागि सर्वाधिक ३ विकेट लिए ।

यस्तै चौथो दिन १-१ विकेट लिँदै जसप्रित बुमराह र रविचन्द्रन आश्विनले आफ्नो खातामा समान २ विकेट बनाए । रविन्द्र जडेजाले पनि २ विकेट लिए ।

अष्ट्रेलिया पहिलो इनिङ्समा १९५ रनमा अलआउट भएको थियो भने भारतले ३२६ रन बनाएको थियो ।

चार खेलको बोर्डर गावास्कर ट्रफीअन्तर्गत पहिलो खेल अष्ट्रेलियाले जित्दै १-० को अग्रता बनाएको छ ।

भारतलाई सिरिज बराबरी गर्ने अवसर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment