Comments Add Comment

नुवाकोटको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

१४ पुस, काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नुवाकोट सदरमुकाम विदुरमा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूह निकट युवा तथा विद्यार्थी संगठनहरुले सोमबार साँझ ७ बजे मसाल जुलुस निकालेका थिए ।

प्रहरीले प्रहरीले मसाल खोस्दै लाठीचार्ज गर्दा केही घाइते भएका छन् । समाचार संकलन गर्न गएकी पत्रकार जमुना गजुरेलसमेत प्रहरीको आक्रमणबाट घाइते भएकी छन् ।

शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रशासनले निर्मम दमन गरेको भन्दै युवा तथा विद्यार्थीहरुले विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment