Comments Add Comment

बागमती प्रदेश लोक सेवा आयोगद्वारा ११ सय बढी कर्मचारी भर्ना आह्वान

बागमती प्रदेश लोक सेवा आयोगको कार्यालय भवन

१४ पुस, काठमाडौं । बागमती प्रदेशको लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका बिभिन्न सेवा समूहका पाँचौ तहका पदमा एक हजार एक सयभन्दा बढी संख्यामा विज्ञापन खुलाएको छ ।

जेष्ठता, कार्यसम्पादन मूल्यांकन, खुला तथा समावेशी सबै गरेर एक हजार एक सय २४ जना भर्नाका लागि मंगलबार विज्ञापन खुलाइएको हो । खुलातर्फ प्रशासन र प्राविधिकतर्फ ३७६ जना तथा स्वास्थ्य सेवातर्फ १ सय ४४ जना भर्ना आह्वान गरिएको छ ।

बागमती प्रदेशको लोक सेवा आयोगले कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको यो दोस्रो पटक हो । यसअघि चौथो तहका पदहरुमा गत मंसिर महिनामा विज्ञापन खुलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment