+
+
Shares

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ पुष १४ गते १२:२५

१४ पुस, काठमाडौं । भारतले नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिवन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्र्तगतको बाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ ।

साढे ३ महिनापछि सोमबार प्रतिबन्ध हटाउने निर्णय भारतले गरेको जानकारी प्राप्त भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

‘भारतीय प्याजको निर्यात प्रतिबन्ध हटेको छ, उक्त निर्णयको कार्यान्वयन एक जनवरी २०२१ बाट लागू हुन्छ,’ महानिर्देशक दाहालले भने ।

आफ्नो मुलुकमा प्याज अभाव हुने भन्दै गत भदौ २९ गतेदेखि भारतले प्याज निर्यातमा रोक लगाएको थियो ।  भारतले प्रतिबन्ध लगाएको भोलि पल्टै नेपालमा प्याजको भाउ दोब्बरभन्दा बढीले वृद्धि भएको थियो ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?