
१४ पुस, काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेका छन् ।
प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरूलाई हटाएको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहका हुन् भने जम्मकट्टेल र माझी प्रचण्ड-नेपाल समूहका हुन् ।
नेकपाको प्रचण्ड- नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4