Comments Add Comment

संसद विघटनको विरोधमा रौतहटमा माधव–प्रचण्ड समूहको प्रदर्शन

१४ पुस, रौतहट । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले रौतहटको सदरमुकाम गौरमा मंगलबार प्रदर्शन गरेको छ ।

नेकपाका केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्का नाराबाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि वीपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओली प्रतिगमनकारीका मुखिया एवं सरदार रहेको बताए । ओली कुनैपनि हालतमा कम्युनिस्ट नभएको र कम्युनिस्टको खोल ओढेर कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको नेता यादवले आरोप लगाए ।

ओलीको नेतृत्वमा देश सुम्पिनु नै सबैभन्दा ठूलो भूल भएको बताउँदै उनले अहिलेको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पर्ने षड्यन्त्रमा लागेकाले संसद पुनर्स्थापनाको विकल्प नभएको बताए ।

विरोध प्रदर्शनमा पूर्वसांसदहरु रामकुमार भट्टराई, सरला यादव, सत्यनारायण भगत, अशोक जयसवाल, युवा नेता युवराज भट्टराई, शम्भु साह, जिल्ला अध्यक्ष कमल राय यादवलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment