+
+

बैंकर्स संघको उपाध्यक्ष बने उपाध्याय

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १७:५४

१४ पुस, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायलाई चयन गरेको छ । मंगलबार सम्पन्न साधारणसभाले रिक्त उपाध्यक्ष पदमा उपाध्यायलाई चयन गरेको हो ।

यसअघि नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भाटनगर संघको उपाध्यक्ष थिए । उनी नेपाल एसबीआई छाडेर एसबीआई बैंक, भारत फर्किएपछि उपाध्यक्ष पद रिक्त थियो ।

उता कार्यसमिति सदस्यहरुमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे र सन्तोष कोइराला चयन भएका छन् । दुई सदस्य पदहरु पनि लामो समयदेखि रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?