+
+
Shares

जनवरी १मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १०:०३

अंग्रेजी महिनाको जनवरी १ तारिखमा न्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ ।

प्रत्येक देशको आ-आफ्नै पहिचानका बस्त्र हुने गरेकोमा नेपाली टोपी पनि नेपाली नागरिक, संसारभर फैलिएका नेपाली भाषी एवम् नेपाली मूलका नागरिक सबैको नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित होस् भन्ने उद्धेश्यका यस अभियानको थालनी भएको हो ।

संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सामाजिक संजालबाट शुरु गरेको अभियानलाई संस्थागत र थप ब्यबस्थित बनाउन “नेपाली टोपी प्रतिष्ठान” नामक संस्था पनि गठन भै सकेको छ। साथै नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत श्री नवराज पोखरेलको विशेष पहलमा, हालसम्म विश्वका ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भै सकेका छन् र थप गठन हुने प्रक्रियामा छन् ।

नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ-आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ । यस अवसरमा बिश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपलीमूलका सबै नागरिकहलाई यहि पौष १७ गते (जनवरी १ तारिख, २०२१) का दिन आफ्नो अवस्था अनुकुल अनुसार नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन सहयोग गर्नु हुन विशेष अपिल गर्दछौ।

साथै नेपाली टोपी प्रतिष्ठानका नेपाल स्थित, जिल्ला शाखा एवं नेपाली टोपी प्रतिष्ठानका ३९ देशमा रहेका सबै अन्तर्राष्ट्रिय शाखाहरुलाई, संबन्धित अधिकार प्राप्त निकायसंग समन्वय र अनुमति प्राप्त गरि, आठौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस बिभिन्न कायक्रम आयोजना गरि मनाउनु हुन, बिशेष अनुरोध गर्दछौ।

संसारभर फैलिएको कोभिड महामारी र यसले मानब स्वास्थ्यमा पार्न नसक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस बर्ष प्रतिष्ठानका तर्फबाट भौतिकरुपमा मानिसहरु भेला भई गरिने कुनैपनि औपचारिक कार्यक्रमको आयोजना गरिएको जानकारी छैन । संसारभर बिभिन्न मुलुकमा बसोबास गर्ने सबै नेपाली दाजुभाई दिदिबहिनीहरुमा यस पटकको टोपी दिवस सामाजिक दुरी कायम गरी, स्वास्थ्य सम्बन्धि सबै नियमहरु पालना गरी संबन्धित देशका नियम परिधिभित्र रही मनाउनुहुन बिशेष अपिल भने गरिएको छ ।

नेवार भाषामा कांचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचोधागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई ढाका भनिन्छ । ढाकाबाट बुनिएको टोपीलाई ढाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।

‘ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउटा अपभ्रम र मिथ्या मात्रा हो,’ नेपाली टोपी प्रतिष्ठानले भन्दै अाएको छ ।

नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली नागरिक एवं नेपाली मूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको प्रतिष्ठानले बताएको छ । नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ-आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?